
काठमाण्डौ, १२ भदौ । अमेरिकाको मिनियापोलिसमा एक क्याथोलिक चर्च र विद्यालयमा भएको अन्धाधुन्द गोली प्रहारमा दुई बालबालिकाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । प्रहरीका अनुसार मारिनेमध्ये एक आठ वर्षको र अर्को १० वर्षको बालक छन् । घाइतेमध्ये १४ जना बालबालिका रहेका र उनीहरू सबैको अवस्था सामान्य रहेको बीबीसीले जनाएको छ ।
यो घटना स्थानीय समयानुसार हिजो बिहान करिब आठ बजेको हो । आक्रमणकारी २३ वर्षीय रोबिन वेस्टम्यानले चर्चको झ्याल हुँदै भित्र रहेका विद्यार्थी र भक्तजनमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए । प्रहरीका अनुसार वेस्टम्यानले आफ्नै टाउकोमा गोली हानेर आत्महत्या गरेका थिए ।।
प्रकाशित मिति : २०८२ भाद्र १२ गते बिहिवार