२०८३ कार्तिक ७ गते शुक्रवार

आज लुम्बिनी सहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना

  काठमाण्डौँ, ११ भदौ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसैको प्रभावले कोशी, मधेश र बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही र बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ। राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २०८२ भाद्र ११ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।