तुलसीपुर, १० भदौ । घोराही उपमहानगरपालिका–८ का वडाअध्यक्ष जितेन्द्र शाहले आफूलाई अन्यायपूर्वक पदबाट हटाएको भन्दै दिएको रिटमा उच्च अदालत तुलसीपुरले कारण देखाऊ आदेश जारी गरेको छ ।
वडाध्यक्षबाट हटाइएका शाहले कानुनी प्रक्रिया पूरा नगरी पदबाट हटाई कार्यवाहक अध्यक्ष तोक्ने काम भएकाले उक्त निर्णय बदर गरी पूर्ववत् जिम्मेवारीमा फर्काउन माग गर्दै भदौ ६ गते उच्च अदालत तुलसीपुरमा रिट दायर गर्नुभएको थियो ।
अदालतका मुख्य न्यायाधीश राजेश्वर तिवारीको एकल इजलासले सोमबार घोराही उपमहानगरलाई कारण देखाऊ आदेश जारी गर्दै दुबै पक्षलाई छलफलका लागि भदौ १८ गते बोलाएको छ ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।