२०८३ भाद्र १३ गते शनिवार

गढवाको धैरेनीमा दुर्घटनामा परि गम्भीर घाइते थापाको उपचारका क्रममा मृत्यु

भालुवाङ ९ भदौ । दाङको देउखुरीमा आइतवार भएको दुर्घटनामा परि गम्भीर घाइते भएका १ जनाको उपचारको क्रममा मृत्यु भएको छ । गढवा गाउँपालिका–३, धैरेनीमा आइतबार राती ८ बजेको समयमा ट्याक्टरले अटोलाई ठक्कर दिएर भएको दुर्घटनामा परि गम्भीर घाइते भएका गढवा गाउँपालिका–३, निवासी वर्ष ५५ का बलबहादुर थापाको मृत्यु भएको छ । उनको राप्ती आधारभुत अस्पताल सिसहनियाँमा राती ९:१० बजेको समयमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका कार्यालय प्रमुख प्रहरी निरिक्षक डबल बहादुर बमले जानकारी दिएका छन् । दुर्घटनामा परि सोही ठाउँकै अटो चालक ३८ वर्षिय लेकबहादुर रोका, अटोमा सवार सोही ठाउँकै ४२ वर्षिय अम्मर बहादुर नगरकोटी गम्भीर घाइते भएका छन् । घाइते दुवैको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरी निरिक्षक बमले जानकारी दिएका छन् । कालाकाटे देखि धैरेनी जाँदै गरेको रा १ ह ५९२३ नम्बरको अटोलाई विपरित दिशाबाट आइरहेको नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिएको थियो । ठक्कर दिने ट्याक्टर र चालकको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ । मृतक थापाको शवलाई पोष्ट मार्टमका लागि लमही अस्पताल लगिएको छ ।
प्रकाशित मिति : २०८२ भाद्र ९ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।