२०८३ कार्तिक ७ गते शुक्रवार

दिव्य कुञ्ज एकाडेमीमा तिज विशेष कार्यक्रम

तीजलाई खर्चिलो नबनाउन सुझाव

तुलसीपुर, ८ भदौ ।दाङको तुलसीपुरमा रहेको दिव्य कुञ्ज एकाडेमीले तिज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा बोल्ने वक्ताहरुले तिज पर्वलाई खर्चिलो र भत्किलो नबनाउन आग्रह गरेका छन् । कार्यक्रमका पमुख अतिथि समेत रहनु भएका त्रिशिद्देश्वरी यातायात समितिका अध्यक्ष तथा विद्यालयका संचालक सुरेश हमालले मेहनत र परिश्रमबाट मात्रै सफलता पाप्त गर्न सकिने भन्दै मेहनत र परिश्रम गर्नबाट पछि नहटन सुझाव दिनुभएको छ । ‘जुन कुराबाट सफलता प्राप्त गर्न सकिन्छ त्यही कुरामा फोकस गर्न आवश्यक छ । आम्दानी सीमित र खर्च धेरै हुँदै जाने भएकाले कि त खर्च कम गर्नु पर्छ, कि भने आम्दानी बढाउनुपर्छ‘ उहाँले भन्नुभयो।

 

त्यसैले उहाँले कार्यक्रममा सहभागीलाई कडा मेहनत गर्नुपर्ने, जुन कुराले मान्छेलाई सफलता दिन्छ त्यही कुरामा ध्यान दिनुपर्ने सुझाव दिनुभयो। साथै दिमागलाई जहिले पनि व्यस्त राख्नुपर्ने र विगतलाई सम्झेर वर्तमानमा सन्तुष्ट हुनुपर्ने कुरा समेत उल्लेख गर्नुभयो ।सो अवसरका राप्ती बम्बई क्याम्पस तुलसीपुरका सहायक क्याम्पस प्रमुख डाक्टर पेम योगीले महिलाहरूको क्षमतामा धेरै परिवर्तन भइसकेको बताउँदै नारी र पुरुषलाई एउटै रथका दुई पांग्रा भएको उदाहरण दिनुभयो । यस्तै गोरख बहादुर वली, राजिव वली, पत्रकार निरला अर्याल, सन्तोष चौधरी लगायतले तिज पर्वलाई सभ्य तरिकाले मनाउनु पर्नेमा जोड दिनुभयो ।

 

विद्यालय सञ्चालक समितिका अध्यक्ष तथा डिलाइट ग्रुपका सिईओ वीरबहादुर भण्डारी मोहनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रिन्सिपल कनन्द अधिकारीले राख्नुभएको थियो । सो अवसरमा विद्यालयमा शिक्षिका, शिक्षक तथा विद्यार्थीहरुले विभिन्न नृत्यहरु पनि पस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन सरला श्रेष्ठ र अंकिता ओझाले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०८२ भाद्र ८ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।