२०८३ कार्तिक ७ गते शुक्रवार

प्रेस चौतारी दाङको तीज पर्व तथा महिला सशक्तीकरण विषयक अन्तरक्रिया

तीज पर्व सामाजिक, साँस्कृतिक तथा धार्मिक आस्थासँग जोडिएको छ: चौधरी
दाङ ६ भदौ । प्रेस चौतारी नेपाल दाङले शुक्रबार दाङको घोराहीमा प्रदेश स्तरीय तीज विशेष कार्यक्रम अन्तरगत तीज पर्व र महिला सशक्तीकरण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । चौतारी दाङका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षता एवम् नेकपा एमाले पोलिटव्युरो सदस्य शान्ता चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले तीजको आफ्नै मौलिकता र महत्त्व भएकाले यसलाई हर्ष र उल्लासपूर्ण किसिमले मनाउनुपर्ने बताउनुभयो ।   पछिल्लो समयमा तीज भड्किलो, खर्चिलो, उच्छृङ्खल बन्न थालेकोमा त्यसलाई सुधार गरी एक महिना अघिबाट दर खाने परिपाटी अन्त्य गर्नुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य सीता सिग्देल न्यौपाने, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष नारायणी रजौरे, प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतम, प्रेस सेन्टर नेपालका केन्द्रीय उपमहासचिव लक्ष्मी आचार्य प्रगतिशील प्रेस संगठनका सदस्य सुशीला आचार्य, अधिवक्ता सुष्मा केसी, अखिल नेपाल महिला संघ दाङकी सचिव पशुपति चौधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।   बोल्ने वक्ताहरूले नेपालको कला सँस्कति जगेर्ना गर्न तीज पर्वले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै तीजलाई रचनात्मक र सन्देशमूलक बनाउन आवश्यक रहेको धारणा राखेका छन् । पछिल्लो समयमा तीज पर्वलाई भड्किलो र खर्चिलो बनाउने प्रयास गरिएको भन्दै उनीहरूले त्यसलाई रोक्न सवैले आफु र आफ्नो परिवार मार्फत भूमिका खेल्नुपर्ने बताएका छन् । सो अवसरमा चौतारी दाङका अध्यक्ष सुधासुमन ढकालले तीज पर्व र महिला सशक्तीकरण विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने तीज पर्वको महत्त्व समेटिएको भिडयो क्लिप समेत प्रदर्शन गरिएको थियो ।   कार्यपत्रमाथि सञ्चारिका समुह दाङका अध्यक्ष रञ्जिता शर्माले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा धन्यवाद ज्ञापन चौतारीका प्रदेश सचिव निता चौधरी र जिल्ला उपाध्यक्ष लक्ष्मी पोख्रेलको स्वागत मन्तव्य र कार्यक्रमको सञ्चालन प्रेस चौतारी नेपाल महिला विभाग प्रमुख दिप्तीशिखा चौधरीले गर्नु भएको थियो ।।

प्रकाशित मिति : २०८२ भाद्र ६ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।