२०८३ बैशाख ११ गते शुक्रवार

तुलसीपुरमा  खेल्ने क्रममा लडेर ३ वर्षिय बालक  घाइते

तुलसीपुर, ३ भदौ । दाङको तुलसीपुरमा एक बालक लडेर घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–८ नयाँवस्तीका राता सुनारका ३ वर्षिय छोरा मंगोल सुनार घर नजिकै खेल्ने क्रममा अचानक लड्दा उनको टाउकोमा चोट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घाइते बालकलाई उपचारका लागि सुरुमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो । तर उनको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि सिटि अस्पताल तुलसीपुरमा रिफर गरिएको प्रहरीले जनाएको छ । हाल उनको अवस्था मध्यम रहेको र उपचार भइरहेको बताइएको छ ।घटनास्थलमा अस्थायी प्रहरी पोष्ट बेलुवाबाट प्रहरी हवल्दार यज्ञ थापाको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।

प्रकाशित मिति : २०८२ भाद्र ३ गते मङ्गलवार
प्रतिक्रिया