२०८३ भाद्र १३ गते शनिवार

तुलसीपुरको सिद्धिविनायक फर्निचर उद्योगमा आगलागी

तुलसीपुर, २ भदौ । दाङको तुलसीपुरमा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ । तुलसीपुर १२ पुकारपसलस्थित सिद्धिविनायक फर्निचर उद्योगमा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । तुलसीपुर ५ ग लाइनका तारा बहादुर वलीले संचालन गर्र्दै आएको सो उद्योगमा आज सोमबार दिउँसो करिब ३ ः१० वजेतिर आगो लागेको थियो ।   प्रहरी, दमकल र स्थानियको सहयोगमा आगो नियन्त्रणमा आएको इप्रका तुलसीपुरका सुचना अधिकारी सुर्य रानाले जानकारी दिनुभयो । आगलागीबाट मानवीय क्षति भने नभएको उहाँको भनाइ छ । आगलागीको कारण र क्षतिको विवरण संकलन भैरहेको सुचनाअधिकारी रानाले बताउनुभयो ।
प्रकाशित मिति : २०८२ भाद्र २ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।