२०८३ कार्तिक ७ गते शुक्रवार

तुलसीपुरमा ४ जना जुवाडे पक्राउ

दाङ तुलसीपुरमा ४ जना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा , तुलसीपुर ४ का ३२ वर्षका सुरेन्द्र मल्ल, तुलसीपुर ८ का ३१ वर्षकालोकेन्द्र वली, सल्यान बागचौर नगरपालिका ७ बस्ने बर्ष ३२ को राजेन्द्र पुन र मिलन गेष्ट हाउस गेष्ट हाउस संचालाक बर्ष ४९ को कमानसिंह केसी रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट तास एक गड्डी र नगद ४३ हजार ८ सय ९० रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ ।   तुलसीपुर ५ न्यूरोड स्थित मिलन गेष्ट हाउस भित्र कोठामा विहीबार साँझ करिब पौने ८ वजेतिर जुवा खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा यस इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी निरिक्षक बिनोद राज खत्रीको कमाण्डमा ७ जनाको टोलीले जुवातास खेलिरहेको अबस्थामा पक्राउ गरेको सुचना अधिकारी सुर्य रानाले जानकारी दिनुभयो । उनीहरुलाई नियन्त्रणमा लिइ जिल्ला अदालत दाङबाट दिन ५ म्याद थप गरि अनुसन्धान भईरहेको उहाँले बताउनु भयो ।।

प्रकाशित मिति : २०८२ साउन ३० गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।