२०८३ कार्तिक ७ गते शुक्रवार

दाङको राप्ती आधारभूत अस्पतालबाट  ७ महिनामा १९ हजार बढीले सेवा लिए

दाङ ,३०  साउन । दाङको राप्ती गाउँपालिका–५ कालापानी स्थित राप्ती आधारभूत अस्पतालमा सेवाग्राहीहरूको चाप बढ्दै गएको छ । पछिल्लो समय अस्पतालले प्रदान गर्ने सेवा, पूर्वाधार, व्यवस्थापन र दक्ष चिकित्सकको उपलब्धतामा उल्लेखनीय सुधार गर्दै गणस्तरीय स्वास्थ्य सेवा दिइरहेकाले पनि सेवाग्राहीहरूको विश्वास बढ्दै गएको हो ।

अस्पताल प्रशासनका अनुसार पछिल्ला केही महिनामा गुणस्तरीय सेवा प्रवाह, संरचना र व्यवस्थापनमा उल्लेखनीय प्रगति भएको छ । अस्पतालका प्रशासन प्रमुख धनबहादुर खड्काका अनुसार सेवा शुरु भएको सात महिनामै दैनिक डेढ सय भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।

हाल चौबिसै घण्टा आपत्कालीन सेवा, ल्याब परीक्षण, भिडियो एक्स–रे, फार्मेसी, अन्तरङ, प्रसूति सेवा लगायतका सुविधा नियमित सञ्चालनमा रहेको अस्पतालका प्रशासन प्रमुख खड्काले बताउनु भयो । उहाँले स्थानीय जनताको अपेक्षाअनुसार गुणस्तरीय सेवा दिन हामी पूर्णरूपमा प्रतिबद्ध छौं ।’ एमडी जिपी डा. हरि पाण्डेका अनुसार पछिल्लो समय अस्पतालबाट सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध भएकाले बाहिर रिफर हुने बिरामीको संख्या घटेको बताउनु भयो ।

अत्यन्त जटिल केस बाहेक अधिकांश बिरामी यहीं भर्ना गरेर उपचार गर्दै आएको प्रशासन प्रमुख खड्काले बताउनु भयोे । प्रशासन प्रमुख खड्काका अनुसार सात महिनामा मात्रै १९ हजार एक सय दुई जनाले सेवा लिइसकेका छन् । उहाँका अनुसार संरचनागत सुधार, कर्मचारी व्यवस्थापन र उपकरण अभावको समाधानका लागि निरन्तर पहल बताउनु भयो । हाल अस्पतालमा दुई एमडी जिपी, चार मेडिकल अफिसर सहित ४१ जना स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन् । साथै प्रत्येक हप्ता बुटवलबाट विभिन्न रोगका विशेषज्ञ चिकित्सक आएर सेवा दिइरहेका छन् ।

प्रकाशित मिति : २०८२ साउन ३० गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।