२०८३ भाद्र ९ गते मङ्गलवार

दाङ र बाँकेमा सिमान्कृत समुदाय र जनप्रतिनिधि बिच संवाद

तुलसीपुर,२० साउन ।अल्संख्यक,सिमान्कृत र लोपन्मखु समुदायलाई राज्यको मुलप्रबाहीकरणमा दाङ र बाँकेका जनप्रतिनिधिहरुसँग संवाद भएको छ । लुम्बिनी प्रदेश सभासदस्यहरु, दाङका १० स्थानीय तह र बाँकेका ८ स्थानीय तहका वडा अध्यक्ष र कार्यपालिकाका सदस्य, अल्पसंख्यक, सिमान्कृत र लोपउन्मुख समुदाय बिच दाङको घोराहीमा आईतबार र बाँकेको नेपालगन्जमा सोमबार संवाद कार्यक्रम भएको माहुरी होम कपिलबस्तुका कार्यक्रम संयोजक रिखीराम निगमले जानकारी दिनुभयो । संवादमा अल्पसंख्यक, सिमान्कृत र लोपउन्मुख समुदायका तर्फबाट कुसुण्डा, चिडीमार, केवट(घसियरन), कुमाल, बादी, धोबी लगायतका समुदायको सहभागिता थियो ।

ती समुदायले आ आफ्नो समुदायको अबस्था, अवसर,गुम्दै गईरहेको संस्कृति र पहिचानका बारेमा ध्यानाकर्षण गराएका थिए । बाँकेकी केवट(घसिरियन) समुदायकी युवा मुनी केवट (घसिरियन)ले घासँ काटेर बिक्रि गर्ने पेशा संकटमा परेको बताउनुभयो । थोरै समुदाय भएको केवट (घसिरियन)ले पुर्खादेखि घाँस काटी बिक्रि गर्दै आएकोमा पछिल्लो समयमा पशुचौपायको कमि, नेपालगन्जमा टाँगा घोडा र खच्चड बिस्थापित हुनु र समाजिक रुपमा यो पेशा प्रति समाजले हेर्ने दृष्टिकोणका कारण यो रुचि घटदै गएको बताउनुृभयो ।

जग्गा जमिन छैन,आर्थिक अबस्था पनि कम्जोरका कारणले शिक्षामा पहुँच समेत नभएको बताउनुभयो । सामुदायिक बिद्यालयले बिभिन्न बहानामा मासिक शुल्क र भर्ना शुल्क लिने गरेका कारणले शिक्षालाई निरन्तरता दिन आफु आफ्नो समुदायका बालबालिकाकाले नसकेको सुनाउनुभयो । त्यस्तै, कुसुण्डा समुदायका धनबहादुर कुसुण्डाले देशका बिभिन्न ८ जिल्लामा छरिएर रहेका बनका राजाको रुपमा लिएको कुसुण्डा समुदायको कुल जनसंख्या १७७ जना मात्र रहेकोले आफुहरु अत्यन्त लोपउन्मुख समुदाय भित्र परेकोमा चिन्ता ब्यक्त गर्नुभयो ।

त्यसक्रममा दाङमा प्रदेश सभासदस्य लोका बिश्वकर्मा,  नेपालगन्जमा भएको संवादमा प्रदेश सभासदस्य बादशाह कुर्मी,रत्न खत्री,कृष्णा केसी नुमना, भण्डारीलाल यादव,सुशीला बादी,अम्विका काफ्ले, मीना बोहोरा ,मीनाकुमारी श्रेष्ठले प्रदेश सरकारबाट यस समुदायका लागि गरिएको कार्यको चर्चा गर्नुभएको थियो ।  स्थानीय सरकारका तर्फबाट सहभागि भएका वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले प्रदेश सरकार तथा प्रदेशसभा सदस्यहरु र स्थानीय सरकार बिच समन्वयको ठुलो खाडल रहेको बताउनुभयो ।

त्यसअवसरमा दाङमा माहुरी होमकी देवी पोख्रेल आचार्य र बाँकेका दिनेश ठाकुरले जिल्लाको अबस्थाका बारेमा जानकारी गराउनुभएको थियो भने माहुरी होमका कार्यक्रमका संयोजक रिखीराम निगमले कार्यक्रम किन गरिएको भन्ने बारेमा जानकारी गराउनुभएको थियो । संवादको सहजिकरण दुवै जिल्लामा संवादका बरिष्ठ सहजकर्ता सुशील बस्नेतले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ साउन २० गते मङ्गलवार
प्रतिक्रिया