तुलसीपुर, २० श्रावण । दाङको तुलसीपुरमा कुलोले बगाएर घाइते भएकी बालिकाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१४ गोठुवाका २ वर्षीया शुस्मा बस्नेत रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार बेलुका करिब साढे ५ बजेको समयमा स्थानीय सुदेश बस्नेतकी २ वर्षीया छोरी घरको आगनमा खेल्ने क्रममा नजिकै रहेको कुलोमा खसेकी थिइन् ।बालिकालाई कुलोले बगाइरहेको देखेपछि उनका बुवाले तत्काल उद्धार गरी कुलोबाट बाहिर निकालेका थिए ।
घाइते बालिकालाई ६ बजेको समयमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएर उपचार गरिएको थियो । बालिकाको अवस्था गम्भीर रहेकाले बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा रिफर गरिएको थियो । उनको उपचारका क्रममा सोही अस्पतालमा गएराती ९ः३५ वजे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।।





