२०८३ बैशाख ११ गते शुक्रवार

दाङमा मोटरसाइकलको ठक्करबाट घाइते रोकाको मृत्यु

मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएकी गौमती रोकाको उपचारको क्रममा मृत्यु भएको छ । दाङको बिजौरीमा पैदल हिडीरहेका तुलसीपुर उपमहानगरपालिका– १९ बाँसगढीका ६५ वर्षका रोकाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रोकालाई बाटोमा हिडिरहेको अवस्थामा मोटरसाइकलले हिजो ठक्कर दिएको थियो । रोकाको भेरी अस्पताल नेपालगंज बाँकेमा उपचारको क्रममा हिजो साढे ६ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।
रोकाको दुवै खुट्टा, टाउको र छातिमा चोट लागेको थियो । घाइते रोकालाई राप्ती प्रादेशिक अस्पताल तुलसीुरमा सामान्य उपचार पछि थप उपचारको लागि कोहलपुर रेफर गरिएको थियो । शनिबार हिजो दिउँसो साढे २ बजेतिर तुलसीपुर उपमहानगरपालिका–१९ बाँसगढीमा कुटिचौरबाट बिजौरीतर्फ आउँदै गरेको रा. ५ प २६७८ नम्बरको मोटरसाइकलले पैदल यात्री रोकालाई ठक्कर दिएको थियो । ठक्कर दिने मोटरसाइकलमा दुईजना सवार रहेका थिए । मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका– ७ का १६ वर्षका लक्ष्मण भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।।

प्रकाशित मिति : २०८२ साउन १८ गते आइतवार
प्रतिक्रिया