तुलसीपुर, १७ साउन । दाङको तुलसीपुरमा मोटरसाइकल र स्कुटर ठोक्किदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर ६ बस्ने २१ वर्षका शिखर गुप्ता, सोही मोटरसाइकलमा पछाडि सवार गुप्ताका बहिनी १८ वर्षकी सलोनी गुप्ता र स्कुटर चालक २२ बर्षकी पुजा आचार्य रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार आज सनिबार दिउँसो करिब सवा ४ बजेको समयमा तुलसीपुर ६ गुम्राह चोक नजिकै गुम्राह चोकबाट ट्राफिक कार्यालय तुलसीपुरतर्फ जाँदै गरेको रा. ७ प १४०६ नंबरको स्कुटर र गुम्राह चोक बाट मदनआश्रित चोक तर्फ आउदै गरेको रा.६ प ५४७२ नंबरको माटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको र उनीहरु सबैको अवस्था मध्यम रहेको इलामा प्रहरी कार्यालय तुलसीपुरका सुचना अधिकारी सुर्य रानाले जानकारी दिनुभयो ।
दुर्घटना भएपश्चात तुलसीपुरका प्रहरी बरिष्ठ हवलदार शालिकराम भट्टराईको कमाण्डमा ३ जनाको टोली खटिएको थियो । दुबै सवरी साधनमा सामान्य क्षेती भएको र दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।