२०८३ कार्तिक ९ गते आइतवार

सरकारले दोस्रो चरण अन्तरगत आज हात्तीपाइले बिरुद्धको औषधि खुवाउँदै

काठमाण्डौ,१७ सरकारले दोस्रो चरण अन्तरगत आज हात्तीपाइले बिरुद्धको औषधि खुवाउँदैछ । विभिन्न ५ जिल्लामा आज औषधी खुवाइनेछ । पहिलो चरणमा गत ५ गतेदेखि तीन दिन बिभिन्न २५ जिल्लामा औषधि खुवाएको सरकारले आज थप ५ जिल्लामा अभियान सञ्चालन गर्न लागेको हो । आजदेखि तीन दिन झापा, मोरङ, सुनसरी, उदयपुर र कपिलबस्तुमा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । यी जिल्लामा हात्तीपाईले संक्रमितको संख्या बढी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्क छ । हात्तीपाइलेविरुद्धको औषधि दुई वर्ष नपुगेका बालबालिका, गर्भवती र ७ दिनसम्मका सुत्केरी महिलाले सेवान गर्न नहुने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७३ चैत्र १७ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।