२०८३ असार ३० गते मङ्गलवार

रुसी कार्गो अन्तरिक्षयानको मिसन सकियो

काठमाण्डौ, १९ असार ।  रुसी अन्तरिक्षयान प्रोग्रेस एमएस–२९ को मिसन सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा झन्डै ६ महिनाभन्दा धेरै समय बिताएपछि रुसी कार्गो (मालवाहक) अन्तरिक्षयानले आफ्नो कार्यसम्पादन सफलतापूर्वक सम्पन्न गरेको रुसी राज्य अन्तरिक्ष संस्था रोसकोस्मोसलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । प्रोग्रेस एमएस–२९ रुसले विकास गरेको मानवरहित आपूर्ति यान हो जसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा आवश्यक सामान, इन्धन, उपकरण र वैज्ञानिक सामग्री पुर्‍याउन सहयोग गर्ने छ ।

प्रोग्रेस एमएस–२९ मा उन्नत नेभिगेसन, स्वचालित डकिङ प्रणाली र राम्रो सञ्चार सुविधा हुन्छ जसले यसलाई अन्तरिक्ष स्टेशनसँग सटिक र सुरक्षित रूपमा जडान हुन मद्दत गर्ने छ । यो यान सन् २०२४ नोभेम्बर २१ मा बाइकोनुर प्रक्षेपण केन्द्रबाट प्रक्षेपण भएको थियो र दुई दिनपछि अन्तरिक्ष केन्द्रमा जडान भएको थियो । यसले केन्द्रमा नयाँ वर्षको उपहार, इन्धन, पिउने पानी, वातावरणमा अक्सिजन मिलाउने नाइट्रोजन ग्याँस र वैज्ञानिक उपकरणहरू पुर्‍याएको थियो ।।

प्रकाशित मिति : २०८२ असार १९ गते बिहिवार
प्रतिक्रिया