तुलसीपुर,२ अषाढ । दाङको तुलसीपुरमा पछिल्लो समय डेंगु संक्रमणका विरामीहरु वढ्न थालेका छन् । तुलसीपुरमा आज भएको डेंगु रोग नियन्त्रणका लागी पालिका स्तरिय वहस तथा पैरवी कार्यक्रममा जन–स्वास्थ्य कार्यालयको तथ्यांकले यस्तो देखाएको हो । आ.व.२०७९÷०८० मा १ सय ९४ जनामा डेंगु संक्रमण पोजिटिभ देखिएको थियो । यस्तै आ.व.०८०÷०८१ मा केहि घटेर १ सय २४ जनामा डेंगु संक्रमण देखिएको थियो भने चालु आ.व.को हाल सम्म ७ सय ८८ जनामा डेंगु संक्रमण भएको तथ्यांकले देखाएको छ।
यस्तै स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले प्रस्तुत गर्नुभएको चालु आ.व. ०८१÷०८२ तथ्यांक अनुसार दाङका १० वटा पालिका मध्ये सवै भन्दा वढी तुलसीपुर उपमहानगरपालिकामा ७ सय ८८ जनामा डेंगु संक्रमण देखिएको छ । यस्तै दोस्रोमा घोराही उपमहानगरपाकिा रहेको छ । घोराहीमा ४ सय ९१ जनामा डेंगु संक्रमण देखिएको छ । यस्तै लमहीमा २ सय ४८, राप्तिमा ८३, गढवामा ६९, दंगीशरणमा १९, बबईमा ५ जनामा डेंगु संक्रमण पोजिटिभ देखिएको छ । वंगलाचुली, शान्तीनगर, राजपुर गाउँपालिकामा भने डेंगु संक्रमितको संख्या शुन्य रहेको तथ्यांकले देखाएको छ । तथ्यांक प्रस्तुत गर्दै फोकल पर्सन चन्दले यो सरकारी अस्पतालमा पुगेका विरामीको मात्रै तथ्यांक भएको तर मेडिकलमा गरीएको जाँचको रिपोट स्वास्थ्य कार्यालयमा नपुग्ने भएकाले अन्य संक्रमितको तथ्यांक समेट्न नसकिएको वताउनुभयो ।
पालिका स्तरिय “खोज र नष्ट गर” अभियान आजबाट सुरु:
तुलसीपुर उप–महानगरपालिकामा आज देखि “खोज र नष्ट गर” अभियान सुरु भएको छ । आज पालिका परिसरमा रहेका खाली वाटा वाल्टी तथा लामखुट्टेले अण्डा पार्न सक्ने ठाउँहरुको खोजी र नष्ट गरी कार्यक्रमको सुभारम्भ गरिएको छ । वर्षा याम सुरु भएसँगै डेंगु संक्रमणको जोखिम बढ्ने समय भएकाले भोलीदेखि असार ७ गते सम्म ५ दिने सचेतनामुलक अभियान सुरु गर्न लागीएको हो । एडिज लामखुट्टेको वासस्थान खोजी गरी लार्भा, प्यूपा नष्ट अभियान गर्ने उदेश्यले तुलसीपुर विभिन्न क्षेत्रमा अभियान सुरु गर्न लागीएको तुलसीपुर उपमहानगरपालिका जन स्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख ओम पी न्यौपानेले वताउनुभयो । यस्तै डेंगु फैलिने प्रमुख स्रोत ग्यारेज व्यवसाय रहेको सहभागीहरुले वताएका छन् । ग्यारेजहरुमा गाडीका टायरहरु खुल्ला ठाउँमा राख्दा त्यसमा पानी जम्मा भएर लामखुटट्ेले अण्डा पार्ने भएकाले यस तर्फ व्यवसायीहरु सचेत हुनुपर्ने वताएका छन् । पछिल्लो समय जलवायु परिवर्तनको असर र वढ्दो जनसंख्या, अव्यवस्थित फोहोरमैला सचेतनाको कमी, हेलचेक्रयाई आदीका कारण पनि डेंगु संक्रमणको जोखिम वढीरहेकाले यसतर्फ सवै सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ ।
यस्तै लामखुट्टेको टोकाईबाट बच्न सुत्दा झुलको प्रयोग गर्नुपर्ने, लामो वाहुला भएको कपडा लगाउनुपर्ने, घर वरपरकोे वातावरण सफा राख्नुपर्ने, फुलदानी, कुलर, गाडीका टायर, जथाभावी फालिएका भाँडावर्तन आदीमा पानी जम्न नदिने लगाएतका काम गरे लामखुट्टेको वृद्धिमा नियन्त्रण गर्न सकिने भएकाले सवैले यसमा ध्यान दिन स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । यस्तै डेंगु संक्रमणको कुनै उपचार नभएकाले यसको लक्षणको आधारमा डाक्टरहरुको सल्लाहसुझाव विना जथाभावी औषधीहरु सेवन नगर्न पनि आग्रह गरेका छन् । दुखाइ कम गर्नका लागी भन्दै मेडिकलबाट आफुखुशी औषधीको सेवन गर्नाले शरीरमा रगतको मात्रालाई पातलो बनाई आन्तरि तथा वाह्य रक्तश्राव भइ विरामीको मृत्यु समेत हुनेभएकाले सवै सजग हुनुपर्ने समेत स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।
सो अवसरमा वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक दुजमान भण्डारीले जनप्रतिनिधि र स्वास्थ्यकर्मीको एक्लो प्रयासले मात्र सम्भव नहुनेभएकाले नागरि नै जिम्मेवार भए डेंगु संक्रमण न्युनिकरणमा सहजता हुने बताउनुभयो । कार्यक्रममा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, प्रहरी प्रशाासन, व्यवसायी विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार लगाएतको सहभागीता रहेको थियो ।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।