
बेल्जिय, २८ जेठ । १६ बुँदे घोषणापत्र जारी गर्दै प्रवासी नेपाली मञ्च युरोप महादेश अन्तर्गतको प्रथम भौतिक बिस्तारित बैठक बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सञ्जय थापाको अध्यक्षता एवम नेकपा (एमाले) केन्द्रीय सदस्य तथा युरोप–अमेरिका इन्चार्ज घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा विस्तारित बैठक सम्पन्न भएको थियो ।
बैठकपछि जारी गरिएको घोषणपत्रमा पोल्याण्ड, साइप्रस, माल्टा, रोमानिया र क्रोएसियाजस्ता देशहरूमा यथाशीघ्र नेपाली नियोग स्थापना गर्नुपर्ने, प्रवासी नेपालीको नेपाली नागरिकता निरन्तरताका लागि स्पष्ट कानुनी व्यवस्था गर्नुपर्ने, संविधान र सर्वोच्च अदालतको निर्देशन अनुसार प्रवासबाट मतदानको अधिकार लागू गर्न निर्वाचन आयोग र सरकारसँग माग गर्ने, आइकाओले वायुसेवामा लगाएको प्रतिबन्ध हटाउन नेपाल सरकारले कुटनीतिक पहल गर्नुपर्ने माग गरेको छ ।
त्यसैगरी २०२५ भित्र युरोपका धेरै राष्ट्रमा राष्ट्रिय कमिटी गठन तथा प्रत्येक देशमा न्यूनतम ३% नेपालीलाई संगठित सदस्य बनाउने, विद्यार्थी तथा श्रमिकमाझ संगठन विस्तार लगायतका मागहरु रहेका छन् ।
कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सञ्जय थापा, सचिव तथा संगठन विभाग प्रमुख हेम शेर्पा, युरोप इन्चार्ज भक्त वाग्ले लगायतको विशेष उपस्थिति रहेको थियो।
सचिव शालिकराम थपलियाको सञ्चालनमा सम्पन्न भएको बैठकमा युरोपका २० देशबाट १५० भन्दा बढी प्रतिनिधिहरूको सक्रिय सहभागिता रह्यो। बैठकले प्रवासी नेपालीको हितमा केन्द्रित रहेर समसामयिक विषयहरूमा गहन छलफल गरी १६ बुँदे निर्णय पारित गरेको छ।
यस्ता छन घाेषापत्रमा समेटीएका बुँदाहरु
-
कुटनैतिक नियोग स्थापनाको माग
पोल्याण्ड, साइप्रस, माल्टा, रोमानिया र क्रोएसियाजस्ता देशहरूमा यथाशीघ्र नेपाली नियोग स्थापना गर्न सरकारसँग माग। -
नागरिकता निरन्तरता
प्रवासी नेपालीको नेपाली नागरिकता निरन्तरताका लागि स्पष्ट कानुनी व्यवस्था गर्न जोड। -
मतदान अधिकारको सुनिश्चितता
संविधान र सर्वोच्च अदालतको निर्देशन अनुसार प्रवासबाट मतदानको अधिकार लागू गर्न निर्वाचन आयोग र सरकारसँग आह्वान। -
वायुसेवा प्रतिबन्ध फुकुवा
ICAO ले लगाएको प्रतिबन्ध हटाउन नेपाल सरकारले कुटनीतिक पहल गर्नुपर्ने माग। -
संगठन विस्तार र सदस्यता वृद्धि
२०२५ भित्र युरोपका धेरै राष्ट्रमा राष्ट्रिय कमिटी गठन तथा प्रत्येक देशमा न्यूनतम ३% नेपालीलाई संगठित सदस्य बनाउने प्रतिबद्धता। -
विद्यार्थी तथा श्रमिकमाझ संगठन विस्तार
युवामुखी विशेष कार्ययोजना तर्जुमा गरी शीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता। -
२ अर्बको संयुक्त लगानी योजना
आगामी ६ महिनाभित्र कम्तीमा २ अर्ब रुपैयाँको पूँजी संकलन गरी लगानी कम्पनी स्थापना गर्ने। -
महिला सशक्तिकरण
हरेक वर्ष कम्तीमा एकपटक महिला लक्षित विशेष कार्यक्रम सञ्चालन र दस्तावेजीकरणलाई निरन्तरता दिने। -
SMART NRNA र MIS प्रणालीमार्फत सदस्यता नवीकरण
गैरआवासीय नेपाली संघ (NRNA) को वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रविधिमा आधारित सदस्यता वितरणमा जोड। -
स्थानीय कूटनीतिक संलग्नता र सहभागिता
स्थानीय निर्वाचित प्रतिनिधि, संघसंस्था र समाजसँग सहकार्य गर्दै सहभागिता सुनिश्चित गर्ने। -
युवा सहभागिता सुनिश्चित गर्ने
आगामी कमिटी गठनमा युवाको उल्लेखनीय सहभागिता सुनिश्चित गरिने। -
मानव तस्करी र ठगी नियन्त्रण
युरोपमा श्रम गन्तव्य बढेसँगै देखिएको मानव ओसारपसार नियन्त्रण गर्न सरकारसँग माग। -
गोर्खा आन्दोलनप्रति ऐक्यवद्धता
ब्रिटिश गोर्खा आन्दोलनप्रति ऐक्यवद्धता व्यक्त गर्दै वार्ता सार्थक बनाउन नेपाल सरकारलाई समन्वय गर्न आग्रह। -
वैदेशिक सेनामा नेपाली संलग्नताको नियमन
अवैध रूपमा विदेशी सेनामा संलग्न भई ज्यान गुमाइरहेका नेपालीप्रति चिन्ता व्यक्त गर्दै तत्काल नियमनको माग। -
धन्यवाद ज्ञापन
बैठकमा सहभागी प्रमुख अतिथि, अतिथि, व्यवस्थापक, सहभागी तथा सहयोगी सबैप्रति धन्यवाद व्यक्त। -
श्रद्धाञ्जली
युकेका संस्थापक अध्यक्ष तथा अन्तर्राष्ट्रिय सल्लाहकार परिषद्का सदस्य आङ कल्जाङ लामा र पोल्याण्डका पूर्वअध्यक्ष लक्ष्मी भट्टराईको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण।