इन्ट्रयाक्ट क्लब पुनर्गठन

 

साउन २१, तुलसीपुर /रोटरी क्लब अफ तुलसीपुर सीटीले गोरखा स्कुल तुलसीपुरमा कृष्ण गौतमको अध्यक्षतामा ३४ सदस्यीय इन्ट्रयाक्ट क्लब पुनर्गठन गरेको छ । क्लबको उपाध्यक्षमा जीवन बुढा मगर, सचिवमा धिरेन गौतम, कोषाध्यक्षमा प्रतिक्षा भट्टराई र सहसचिवमा माईकल न्यौपाने सर्वसम्मत चयन हुनुभएको छ ।
कार्यक्रम रोटरी क्लब अफ तुलसीपुर सीटीका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षता एवं गोरखा बोर्डिङका प्राचार्य बिजय जिएमको प्रमुख आतिथ्यतामा भएको थियो ।
क्लबका निवर्तमान अध्यक्ष तुफानबाबु श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथी जिएमले नवगठित क्लबका पदाधिकारी तथा सदस्यहरुलाई सफल कार्यकालको शुभकामना दिंदै सामाजिक कार्यमा सधै सक्रिय भएर लाग्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा क्लबका पूर्व अध्यक्ष कुशल तर्तालले इन्ट्रयाक्ट क्लबको बारेमा जानकारी गराउनु भएको थियो भने कोषाध्यक्ष सन्दिपन रिजाल र गोरखा स्कुल कक्षा ९ र १० का संयोजक बामदेव सापकोटाले मन्तव्य व्यक्त गर्नुभएको थियो । रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष रुपेश शर्माले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रमको सहजीकरण महासचिव बिनिल केसीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७५ साउन २१ गते सोमवार
प्रतिक्रिया