२०८३ कार्तिक ८ गते शनिवार

मेयर खडकाले भने : साझा सम्पतिलाई मेरो र तेरो भन्दा समस्या उत्पन्न भयो

तुलसीपुर, १९ जेठ । सामुदायिक वन उपभोक्ता समिति, स्थानिय सरकार, सव डिभिजन र डिभिजन कार्यालय विचमा हुने समन्वयको अभाव रहेको सरोकारवालाले बताएका छन् । यही समन्वय र सहकार्यको अभावले सामुदायिक वन उपभोक्ताका क्रियाकलापमा समस्या भैरहैको उनीहरुले औँल्याएका हुन् । सरोकारवाला र स्थानिय तह विच समन्वय तथा अन्तक्रिया कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले वन कार्यालय र स्थानिय सरकार दुवैले साझा सम्पतिलाई मेरो र तेरो भनेका कारण आज समस्या भैरहेको बताउनु भयो ।

ढुङगा, गिट्टी, बालुवा देखि लिएर सम्पूर्ण वनहरु सबैको साझा सम्पति भएकाले सबैले कानुनले दिएको अधिकार अनुसार उपयोग गर्न पाउनु पर्ने बताउनुभयो । ‘कानुनले कतै सहिलो असजिलो बनाइदिएको आफ्नो ठाउँमा छ तर हामी विचमा समन्वय र सहकार्यको अभाव छ ’ उहाँले भन्नुभयो ।डिभिजन वन कार्यालय दाङका प्रमुख बेसिन्द्रराज सुवेदीले वन सम्बन्धी कानुनहरु बाँझिएका कारण कानुनले अनुमति दिएका काममा मात्रै समन्वय र सहकार्य गर्न सकिने बताउनुभयो । आफूखुशी गर्न लागेमा कानुन लाग्ने भन्दै सचेत भएर वनका कामहरु गर्न उपभोक्ता समितिहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नंबर ६ का वडाअध्यक्ष दुजमान भण्डारी वर्षात, स्थानिय सामुदायिक वन महासँघ तुलसीपुरका अध्यक्ष खेमलाल महतरा, सामुदायिक वनका पदाधिकारीहरुले सामुदायिक वनबाट आयआर्जनका कार्यक्रम संचालन गर्नु पर्नेमा जोड दिएका थिए ।सामुदायिक वनलाई उद्यमसँग जोडेर त्यसबाट आम्दानी गर्न सके स्थानिय उपभोक्ताहरुको जीवन स्तर उकास्नमा मद्दत पुग्ने बताएका थिए ।सव डिभिजन वन कार्यालय तुलसीपुरका प्रमुख रेञ्जर प्रकाश ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण वन महासंघका सचिव भूप वहादुर केसीले गर्नु भएको थियो ।।

प्रकाशित मिति : २०८२ जेष्ठ २० गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।