२०८३ कार्तिक ८ गते शनिवार

सगरमाथा स्कुलद्वारा विद्यार्थीलाई अभिमुखीकरण प्रदान

तुल्सीपुर ९ बेलुवामा रहेको सगरमाथा स्कुलले  अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।विद्यालयका प्रिन्सिपल छविकुमार ओलीको सभापतित्व एवं तुलसीपुर उपमहानगरपालिकाका शिक्षा अधिकृत मनबहादुर खड्काको प्रमुख आतिथ्यता तथा ईप्रका तुलसीपुरका प्रहरी नायब निरीक्षक भरतनाथ योगीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। प्रशिक्षक भरतनाथ योगीले विद्यार्थीहरुलाई बालविवाह , सवारी दुर्घटना न्यूनीकरण, साइबर क्राइम लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो।   त्यस्तै प्रमुख प्रशिक्षक एवं कार्यक्रमका प्रमुख अतिथि मनबहादुर खड्काले विद्यार्थीहरूको चौथर्फी विकासका लागि उनीहरूमा दरिलो आत्मविश्वास हुनुपर्नेमा जोड दिनुभएको थियो। साथै उहाँले यस्तो खालको कार्यक्रमले विद्यार्थीको आनीबानीमा परिवर्तन आउनुको साथै जीवनशैलीमा पनि परिवर्तन हुने बताउनुभएको थियो। कार्यक्रममा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरू सहभागी भएको जनाइएको छ। तुलसीपुर ९ मा रहेको मटका होटलमा सम्पन्न भएको सो कार्यक्रममा विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रमको सहजीकरण विद्यालयका कार्यक्रम प्रमुख शरद शर्मा मज्गैयाले गर्नु भएको थोयो ।।

प्रकाशित मिति : २०८२ बैशाख २६ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।