त्यस्तै मञ्चको विधान संशोधन गर्ने र त्यसका लागि मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीको संयोजकत्वमा विधान संशोधन समिति समेत गठन गरेको छ । जसका सदस्यहरुमा वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता, उपाध्यक्षहरु बलराम शाही (भिसुन), हुमा सुनार, महासचिव ओमप्रकाश गुप्ता, सचिव देवेन्द्रराज कंडेल (श्रीधर), कोषाध्यक्ष लक्ष्मी पोख्रेल, सदस्यहरु निसा कुमारी चौधरी र विदुर एमसी रहेका छन् ।
यसै बिच बैठकले गढवा क्षेत्रका पत्रकारहरुको मागलाई मध्यनजर गरी गढवा गाउँपालिकामा शाखा विस्तार गर्ने निर्णय समेत गरेको छ । शाखा विस्तार गर्न मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीलाई जिम्मेवारी तोक्ने निर्णय समेत गरेको छ । भने बैठकले मञ्चका पदाधिकारी, सदस्य तथा सल्लाहकारको पहिचानका लागि परिचयपत्र र प्रेस पोशाख बनाउने निर्णय भएको संघका अध्यक्ष अधिकारीले जानकारी दिएका छन् । बैठकको सहजीकरण मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।