दाङ, १० बैशाख । उपेक्षित उष्ण प्रदेशिय रोगहरु, मातृ तथा नवजात शिशु स्वास्थ्य कार्यक्रमलाई ब्यबस्थापन गर्नका लागि लुम्बिनी प्रदेशका चार जिल्लामा प्रेरणा परियोजना सुरु भएको छ । फेरमेड फाउण्डेसनले प्रदेशका रुपन्देही, नवलपरासी पश्चिम र कपिलबस्तुमा सञ्चालन गरेको परियोजना दाङमा पनि सुरु भएको हो । दाङमा नेपाल महिला सामुदायिक केन्द्रको सहकार्यमा प्रेरणा परियोजना सुरु गरिएको छ । जिल्लाका बबई, शान्तिनगर, दंगीशरण, बंगलाचुली र गढवामा प्रेरणा परियोजना सुरु भएको छ ।
परियोजनाका बिषयमा दाङको बबई गाउँपालिका अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पालिकाका जनप्रतिनीधि, स्वास्थ्यकर्मी, परियोजनाका कर्मचारी र पत्रकारको सहभागीतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रेरणा परियोजनाका बिषयमा स्थानीय कार्यक्रम अधिकृत बिबेक केसी, फेरमेड फाउण्डेसनका शोभाराम भण्डारी, नेपाल महिला सामुदायिक सेवा केन्द्रका बरिष्ठ कार्यक्रम अधिकृतले आ–आफ्ना सस्थाका उद्देश्य र लक्ष्यका बिषयमा जानकारी गराउनुभएको थियो । बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीको अध्यक्षतामा कार्यक्रम भएको हो । फेरमेडको सहयोगमा यसअधि लुम्बिनीका दाङ बाहेक कपिलबस्तु, रुपन्देही र नवलपरासी पश्चिममा कार्यक्रम सञ्चालन भएको थियो । पछिल्लो पटक दाङमा पनि प्रेरणा परियोजना बिस्तार गरिएको हो ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।