२०८३ कार्तिक ८ गते शनिवार

तिनकुने प्रदर्शनमा ज्यान गुमाउनेका परिवारलाई १०/१० लाख दिने सरकारको निर्णय

काठमाण्डौँ, २० चैत । गृह मन्त्रालयले तिनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनमा ज्यान गुमाउनेका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ। प्रदर्शनमा प्रहरीको गोली लागेर सविन महर्जन र आगोले जलेर पत्रकार सुरेश रजकको मृत्यु भएको थियो। सविन महर्जनको मृत्यु प्रदर्शनमा भाग लिँदा गोली लागेर भएको थियो भने सुरेश रजकको मृत्यु प्रदर्शनका क्रममा भएको आगलागीमा परेर भएको थियो। गृह मन्त्रालयका अनुसार, दुबै मृतकका परिवारलाई १०/० लाख रुपैयाँ राहतको रूपमा प्रदान गर्ने निर्णय गरिएको छ। यो रकम निकासाका लागि मन्त्रालयले अर्थ मन्त्रालयलाई सिफारिस गरिसकेको छ। मन्त्रालयले पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्नका लागि आवश्यक कदम चाल्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन पनि दिएको छ। सोहीअनुसार, कार्यालयले आवश्यक तयारी थालिसकेको जानकारी पनि दिइएको छ।

यसैबिच, राजावादी आन्दोलनका क्रममा प्रहरीले गोली चलाउदाँ २० जना घाईते भएको पुष्टि भएको छ। आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले गोली लाग्नेमध्ये २ महिला र १८ पुरुष रहेका जानकारी दिनुभयो । उनीहरू मध्ये १३ जना अस्पतालमा उपचार गराइरहेका छन्। आचार्यका अनुसार, आन्दोलनको क्रममा कुल ५८ राउन्ड गोली प्रहार भएको छ। यसैगरी, ७४६ राउन्ड टियर ग्यास र १९२ पटक ब्ल्यांक फायर गरिएको पनि उहाँले बताउनुभयो । साथै, दुईवटा गोली पेस्तोलबाट प्रहार गरिएको उल्लेख गरिएको छ। प्रदर्शनकारीको आक्रमणमा ५५ जना नेपाल प्रहरी र २३ जना सशस्त्र प्रहरी घाइते भएका छन्। प्रहरीको बल प्रयोगबाट ५३ जना प्रदर्शनकारी घाइते भएको जानकारी दिइएको छ।

प्रकाशित मिति : २०८१ चैत्र २० गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।