२०८३ कार्तिक ८ गते शनिवार

राजपुरको विकट क्षेत्र सिमगजरीमा सडक बनेपछि स्थानीयलाई सहज

राजपुर गाउँपालिकाको विकटबस्ती सिमगजरीमा सडक पुगेको छ । नेपाल–भारत सिमा क्षेत्रअन्तर्गत राजपुर गाउँपालिका–७ मा पर्ने सिमगजरी गाउँ सडक सञ्जालसँग जोडिएपछि स्थानीयलाई सहजता भएको हो । गाउँपालिकाको भौगोलिक रुपमा विकटबस्ती सिमगजरीमा सडक पुगेपछि स्थानीयवासी खुसी भएका छन् । सडक नहुँदा दैनिक ५(६ घण्टा पैदल हिडेर गाउँपालिका तथा बिरामी पर्दा स्वास्थ्य चौकी जानुपर्ने बाध्यता थियो । सडक निर्माण भएसँगै अब यातायातका साधनहरु सिमगजरीसम्म पुग्न सक्ने भएका छन् । सडक नहुँदा सिमगजरीका करिब ६० घरका स्थानीयलाई पैदल हिँड्नुपर्ने बाध्यता रहे पनि सडक बनेसँगै बाध्यता हटेको स्थानीय ७० वर्षीया सुमित्रा राना बताउनुहुन्छ ।

गाउँमा सडक नहुँदा घरमा आवश्यक सामग्री ल्याउनदेखि बिरामी पर्दा उपचार गर्न बिरामीलाई डोकोमा बोकेर गङ्गादीसम्म जानुपर्ने बाध्यता भएको भन्दै उहाँले सडक निर्माण भएसँगै हटेको बताउनुभयो । । सिमगजेरीसम्म सडक पुर्‍याउनका लागि गाउँपालिकाले तीन वर्षअघिदेखि सडक निर्माणको काम सुरु गरेको थियो । गंगटी, उत्तरखुट्टी हुँदै सिमगजेरी सडक पुर्‍याउनका लागि बाँकी रहेको पाँच किलोमिटर सडकको ट्रयाक यो वर्ष निर्माण गरिएसँगै सडक बस्तीसम्म पुगेको राजपुर गाउँपालिका अध्यक्ष शरद बुढाथोकी बताउनुभयो ।

बस्तीसम्म सडक पुर्‍याउन करिव २० लाख लगानी भएको छ । सडक नहुँदा वर्षेनी स्थानीयले भोग्दै आएको समस्या अब अन्त्य भएको भन्दै अब वर्षादको समयमा पनि सडकलाई सञ्चालन गर्नेगरि लगानी गर्ने बताउनुभयो । गाउँपालिकामा रहेका सवै वस्तीलाई सडक सञ्जालसँग जोड्ने गरी लगानी गरिएको भन्दै अध्यक्ष बुढाथोकीले भन्नुभयो,ूसडक बनेसँगै स्थानीयवासीलाई सहज भएको छ । बस्तीसम्मै गाडी जान सक्ने भएको छ ।।

प्रकाशित मिति : २०८१ चैत्र १८ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।