तुलसीपुर, १६ चैत । दाङको तुलसीपुरमा खाना पकाउने क्रममा आगो सल्किदा जलेर एक घाइते भएको महिलालाई थप उपचारका लागि काठमाण्डौँ रिफर गरिएको छ । तुलसीपुर–३ रानागाउँ निवासी ६० बर्षीया गोमा वली आज विहान खाना पकाउने क्रममा आगो सल्किएपछि घाइते भएका वलीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।
उहाँका अनुसार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार सम्भव नभएपछि काठमाण्डौँको कृतिपुरस्थित बर्न (जलन) अस्पतालमा रिफर गरिएको हो । प्रहरीका अनुसार घरमा खाना पकाइरहेको अवस्थामा आज बिहान पौने ९ बजेको समयमा एक्कासी उहाँको शरिरमा आगो सल्किएको थियो । कपडाबाट सल्किएको आगोले पेट, कम्मर लगाएतका शरिरका विभिन्न भगमा जलेको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८१ चैत्र १६ गते शनिवार























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।