२०८३ कार्तिक ८ गते शनिवार

सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन गएका एक जनाको जिप्रकामा मृत्यु

सल्यान १५ चैत । सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा गएका एक जनाको मृत्यु भएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयको ढोकामा लडेर बागचौर नगरपालिका वडा नम्बर ७ टाट्के निवासी ७० वर्षीय टीकाराम वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । कार्यालय बाहिरबाट हिँड्दै आएर ढोकामा पुगेपछि उहाँ ढलेको र उपचारका लागि जिल्ला अस्पतालमा पठाइएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिनुभयो । बिहान करिब ११ः५० बजेतिरको समयमा जिल्ला प्रशासन कार्यालय सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन आएकोमा कार्यालयको तल्लो तलामा चिप्पलन गई लड्दा टीकारामको टाउकोमा चोट लागेको थियो । तत्कालै उपचारका लागि जिल्ला अस्पताल सल्यान पु¥याइएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।