तुलसीपुर, २६ फागुन । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको उम्मेदवारहरुलाई आज चुनाव चिन्ह प्रदान गरिने भएको छ । निर्वाचन तालिका अनुसार उम्मेदवारको अन्तिम नामाबली प्रकाशस २६ गते आज बिहान ११ बजेसम्मको समय तोकिएको छ भने आजै दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारलाई चुनाब चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।
निर्वाचन चैत २ गते बिहान साढे ७ बजेदेखि दिउँसो साढे ४ बजेसम्म तुलसीपुरको अरनिको मैदानमा हुने छ । सो निर्वाचनले तीन बर्षे कार्यकालका लागि नौं सदस्य नयाँ कार्य समिति चयन गर्ने छ । यसपटक खानेपानीको नेतृत्व चुन्न दश हजार नौं सय ७० जना खानेपानीका उपभोक्ताले मतादान गर्ने अधिकार पाएका छन ।
खानेपानी चुनाबमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले मिलेर उम्मेदवारी दिएका छन् भने सात दलिय नेकपा माओबादी केन्द्रको टिमपनि चुनाबी मैदानमा छ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा नेकपा एमालेको तर्फबाट मनोज लामिछाने नेतृत्वको संयुक्त लोकतान्त्रिक प्यानल चुनावी मैदानमा उत्रिएको छ । उम्मेदवारहरुले निर्वाचनमा आफ्नो प्यानललाई विजयी बनाउन प्रचारप्रसार गर्न , उपभोक्ताहरुसँग घरघरमा गएर भेटघाटलाई तीव्रता दिएका छन् । यसै गरी नेपाली कांगे्रसको तर्फबाट यमकान्त भण्डारीको प्यालन चुनावी मैदानमा होमिएका छन् ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।