२०८३ कार्तिक ८ गते शनिवार

थारु पत्रकार संघ नेपालको अध्यक्षमा सन्तकुमार चयन

दाङ, २५ फागुन । थारु पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षमा सन्तकुमार चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ । संघको शनिवार काठमाडौंमा भएको छेठौं राष्ट्रिय महाधिवेशनबाट चौधरी अध्यक्षमा निर्विरोध निर्वाचि हुनुभएको हो । यसअघि उहाँ संघको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।

यसैगरी संघको उपाध्यक्षमा जनकराज चौधरी, सवि चौधरी र महिला उपाध्यक्षमा दिप्तीशिखा चौधरी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक श्रवण चौधरीले बताउनुभयो । त्यस्तै, संघको महासचिवमा हेमन्त चौधरी, सचिवमा सरला चौधरी र कोषाध्यक्षमा कारी महतो निर्वाचित हुनुभएको छ ।

यसैगरी संघको सदस्यमा मिनादेवि विश्वास र सम्भुप्रसाद चौधरी निर्वाचित भएको निर्वाचन समितिका सदस्य मदन चौधरीले जानकारी दिनुभयो । थप सदस्य कार्यसमितिको वैठक बसेर मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष चौधरीले बताउनुभयो । संघलाई चलायमान र त्रियाशील बनाउन विविध कार्यक्रम गर्ने, संघको पहिलो बैठकबाट आगामी कार्ययोजना बनाएर अगाडि बढ्ने उहाँको प्रतिवद्धता छ । अध्यक्षमा निर्वाचित भएपछि धन्यवाद दिंदै नवनिर्वाचित अध्यक्ष चौधरीले संघको कामलाई चुस्त बनाएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।।

प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।