२०८३ कार्तिक ८ गते शनिवार

जोखन – जगत रत्गैया स्मृति पुरस्कार थारु भाषाको पत्रिका लौव अग्रासनलाई प्रदान

दाङ, २५ फागुन । थारु पत्रकार संघ, नेपालले अधिकारकर्मी इन्दु थारूले आफ्ना दिवंगत पिता र काकाको स्मृतिमा स्थापना गर्नुभएको जोखन जगत – रत्गैया स्मृति पुरस्कार २०८१ थारु साप्ताहिक पत्रिका लौव अग्रासनु लाई प्रदान गरेको छ ।दाङको घोराहीबाट थारु भाषामा प्रकाशित हुँदैआएको लौव अग्रासन साप्ताहिकका सम्पादक सन्तोष दहितलाई नगद ३० हजार रुपियाँ राशीसहित कदरपत्रले सम्मान गरिएको हो । लौव अग्रासन १७ वर्षदेखि निरन्तर थारु भाषामा प्रकाशित हुँदैआएको छ।

थारु, भाषा, कला संस्कृतिको संरक्षण र प्रवर्धनमा अतुलनीय योगदान गरेकोमा शनिवार काठमाडौंमा संघको छैठौं राष्ट्रिय महाधिवेशनमा लौव अग्रासनई संस्थागत रुपमा उक्त पुरस्कार प्रदान गरिएको हो ।यस्तै, पत्रकार दिनेश चौधरीलाई सतौन स्मृति पत्रकारिता पुरस्कार र गायक विकास चौधरीलाई सतौन स्मृति प्रतिभा प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । दुबै जनालाई २५(२५ हजार नगद राशिसहित सम्मानपत्रले सम्मानित गरिएको छ। उक्त पुरस्कार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्थापना गर्नुभएको हो ।

त्यस्तै, संघले पत्रकार उर्मिला गम्वालाई ओएसिस पत्रकारिता पुरस्कार २०८१ प्रदान गरेको छ । नगद १० हजार रुपियाँसहित कदरपत्रले गम्वालाई सम्मान गरिएको हो । उक्त पुरस्कार डा। मनोज चौधरीले स्थापना गर्नुभएको हो ।त्यसैगरी संघले संघको महाधिवेशन सहयोग गर्ने विभिन्न संघ संस्थालाई समेत कदरपत्रले सम्मान गरिएको संघका नवनिर्वाचित कोषाध्यक्ष कारी महतोले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।