२०८३ कार्तिक ८ गते शनिवार

आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित मोही किसान र प्रहरी विच काठमाण्डौँमा झडप

तुलसीपुर, १८ फागुन । स्वर्गद्वारी गुठी पीडित मोही किसान र प्रहरी विच काठमाण्डौँमा झडप भएको भएको छ । स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समितिले आयोजना गरेको आज २९ औँ दिनको प्रदर्शनमा झडप भएको हो । झडपमा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार डीएसपी पौडेलको सिभिल अस्पतालमा उपचार हुँदैछ भने प्रदर्शनकारीहरू तर्फ पनि केही घाइते भएका छन् । निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरस्थित बेकरी क्याफे अगाडी झडप भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति र सरकारसँग भएको दुइ बुँदे सहमती कार्यान्वयनका लागि प्रदर्शनमा उत्रिएका छन् ।।

प्रकाशित मिति : २०८१ फाल्गुन १८ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।