२०८३ कार्तिक ८ गते शनिवार

दाङ लगायत देशका विभिन्न ठाउँमा छिटफुट वर्षा

दाङ, १६ फागुन । दाङमा आज विहान छिटफुट रुपमा पानी परेको छ । दाङ लगायत देशका विभिन्न ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै कास्कीको माछापुच्छ्रेमा २० दशमलव ४ मिलिमिटर पानी परेको छ । पश्चिम र पूर्वका विभिन्न ठाउँमा अहिले पनि हल्का पानी परिरहेको छ ।

यसवर्षको हिउँदयाम सकिँदै गर्दा वर्षा र हिमपात गराउने गरी पश्चिमी वायु सक्रिय भएको हो । यसको असर पश्चिममा बढी परेको छ । भोलिसम्म नै देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको जम्मू काश्मीर, हिमाञ्चल हुँदै नेपाल भित्रिएको मौसमी प्रणाली आज दिउँसोसम्म काठमाण्डौ आइपुग्ने तर पश्चिमको तुलनामा कमजोर रहने अनुमान छ । आज काठमाण्डौ उपत्यकासहित आसपासका जिल्लामा छिटपुट पानी पर्न सक्ने अनुमान छ । मधेशबाहेकका अरु ठाउँमा प्रभाव परे पनि पूर्वमा सामान्य असर पर्ने मौसमविदले बताएका छन् ।

मौसमविद्का अनुसार भोलि आजभन्दा कम पानी पर्नेछ । मधेश र लुम्बिनीबाहेकका प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज र भोलि हल्का हिमपातको सम्भावना छ । भोलि बेलुकादेखि धेरै ठाउँको मौसम क्रमिक सुधार हुँदै जाने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १६ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।