तुलसीपुर, १४ फागुन । दाङको तुलसीपुरमा पानी खुवाउने क्रममा गोरुले हान्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नंवर १७ जमेरा निवासी ७१ बर्षीय गहचा चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो ।
उहाँका अनुसार चौधरी मंगलबार साँझ पौने ५ बजेतिर गोरुले हान्दा गम्भीर घाइते हुुनुभएको थियो । ढाड, पेट र दुवै हातमा चोट लागेकाका उहाँको मंगलबार नै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार गरेर घर लगिएको थियो । उहाँको बुधबार विहान ९ बजेतिर घरमै मृत्यु भएको प्रहरी निरीक्षक रानाले जानकारी दिनुभयो ।।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।