तुलसीपुर, २४ माघ । दाङको तुलसीपुर स्थित अरनीको मैदानमा स्मार्ट शौचालय सञ्चालनमा ल्याइएपछि खेलाडीहरुलाई सहज भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दुजमान भण्डारी (वर्षात) ले पहिलोपटक मैदानमा स्मार्ट शौचालयको व्यवस्था गरेपछि सहज भएको हो । शौचालय नहुँदा अरनीको मैदानमा खेलाडी तथा दर्शकका लागि शौच गर्न समस्या भएपछि आफूले स्मार्ट शौचालयको व्यवस्था गरेको उहाँले बताउनुभयो । विदेश भ्रमणको बेला विभिन्न देशमा स्मार्ट शौचालय देखेपछि सोही अनुसार तुलसीपुरमा पनि यस्तो व्यवस्था गर्ने सोच बनाएको उहाँले बताउनुभयो । साथै उहाँले ६ नम्बर वडाको विभिन्न स्थानमा स्मार्ट शौचालयको व्यवस्था गर्ने तयारी भइरहेको पनि जानकारी दिनुभयो ।
शौचालय नहुँदा विगतमा सास्ती पाएको भन्दै यसपटक भने सहज भएको खेलाडीहरुले बताउछन् । तुलसीपुर बजार क्षेत्रमा रहेको एक मात्र अरनीको खेल मैदानमा शौचालय नहुँदा खेलाडी तथा दर्शकहरूका लागि समस्या रहँदै आएको थियो । हाल तुलसीपुर नगर जेसिजको नेतृत्वमा निर्माण भइरहेको पक्की शौचालय निर्माणाधिन अवस्थामा रहेको छ ।
प्रकाशित मिति : २०८१ माघ २४ गते बिहिवार























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।