
काठमाडौं, २ माघ । दक्षिण कोरियामा महाभियोग लगाइएका राष्ट्रपति यून सुक येओललाई पक्राउ गर्न अनुसन्धानकर्ताहरुले फेरि प्रयास गरिरहेका छन् । अदालतले राष्ट्रपति येओलविरुद्धको अघिल्लो पक्राउ पुर्जीको म्याद थप गरेपछि उनीहरुले पक्राउ गर्न फेरि प्रयास गरिरहेका बीबीसीले जनाएको छ । गएको डिसेम्बरमा सैनिक शासन ल्याउने ‘मार्शल ल’ लागू गर्ने अल्पकालीन प्रयासपछि विद्रोहको आरोपमा उनीमाथि महाअभियोग लगाइएकाले अनुसन्धान भइरहेको छ ।
अनुसन्धानको क्रममा येओललाई पक्राउ गर्न यसअघिको पहिलो प्रयास असफल भएपछि दोस्रो पटक तयारी भएको हो । पहिलो प्रयासमा येओलको समर्थकले अवरोध गरेका थिए ।।
प्रकाशित मिति : २०८१ माघ २ गते बुधवार