सिरियाको धेरैजसो क्षेत्र विद्रोही लडाकुको कब्जामा

काठमाण्डौ, १५ मंसिर ।  सिरियाको दोस्रो ठूलो शहर अलेप्पोका धेरैजसो क्षेत्र विद्रोही लडाकुले कब्जामा लिएका छन् । बेलायतमा आधारित निगरानी समूह सिरियन ओब्जर्वेटरी फर ह्युमन राइट्स (एसओएचआर) का अनुसार हिजो बेलुकासम्म विद्रोहीहरूले शहरको आधाभन्दा धेरै क्षेत्र नियन्त्रणमा लिएका छन् । सिरियाली सरकारविरुद्ध वर्षौंदेखि भइरहेको आक्रमणमध्ये हिजोको आक्रमण सबैभन्दा ठूलो हो । सन् २०१६ मा सरकारी सेनाले जबरजस्ती हटाएपछि विद्रोहीहरू पहिलो पटक अलेप्पो पुगेका छन् ।

इस्लामिक लडाकु समूह हयात तहरीर अल–शाम एचटीएस सँगसम्बद्ध एक च्यानलमा पोस्ट भएको भिडियोमा विद्रोही लडाकुहरू शहर भित्र गाडीमा घुमिरहेको देखिएको छ । सयौँ मानिसहरु शहर छाडेर भागेका छन् । सरकारले भने अलेप्पोलाई पुन नियन्त्रणमा लिन कारबाही शुरू भइसकेको जनाएको छ । सिरियामा राष्ट्रपति बसर अल अशदविरुद्ध सन् २०११ मा शुरू भएको आन्दोलन अहिले विभिन्न समूहको सशस्त्र विद्रोहसम्म पुगेको छ । गृहयुद्धमा ५० हजार जना भन्दा धेरै मानिसको ज्यान गइसकेको छ ।।

प्रकाशित मिति : २०८१ मङ्सिर १५ गते शनिवार
प्रतिक्रिया