विश्वको सबैभन्दा ठूलो गोही म¥यो

काठमाडौं, १८ कात्तिक ।  विश्वको सबैभन्दा ठूलो भनिएको गोही मरेको छ । सन् १९८० को दशकमा अस्ट्रेलियाको उत्तरी क्षेत्रमा राखिएको गोही एक सय १० वर्षको उमेरमा मरेको गोही संरक्षण संस्था मरिनल्यान्ड मेलानेसियाले जनाएको छ । क्यासियस नामको उक्त गोही नुन पानीमा बस्ने प्राणी हो ।

संसारको सबैभन्दा ठूलो गोही भनेर सन् २०११ मा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएको यो गोहीको रेकर्ड अहिलेसम्म अरुले तोडेका छैनन् । यो झण्डै पाँच मिटर लामो र एक टन तौलको थियो । यो गोही गाईवस्तु र पर्यटकहरूको गाडीको पाङ्ग्रामा आक्रमणका लागि पनि प्रसिद्ध थियो ।।

प्रकाशित मिति : २०८१ कार्तिक १८ गते आइतवार
प्रतिक्रिया