इरानमाथिको आक्रमण अन्त्य भएको इजरायलको घोषणा

काठमाडौं, १० कात्तिक ।  इजरायलले इरानमाथिको कारबाही तत्कालका लागि अन्त्य भएको घोषणा गरेको छ । राजधानी तेहरान आसपासका इरानी सैन्य क्षेत्रलाई लक्षित गरी हवाइ आक्रमण गरेको इजरायलले इरानमाथिको जबाफी कारबाही तत्कालका लागि रोकिएको घोषणा गरेको छ । तत्कालका लागि आक्रमण सकिएको तर इरानले पुन आक्रमणको प्रयास गरे इजरायल त्यसको जबाफ दिन पनि तयार रहेको इजरायले बताएको छ । आक्रमणमा प्रयोग भएका विमानहरु सुरक्षित रूपमा घर फर्किएको पनि इजराइली डिफेन्स फोर्सले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

इजरायली सैनिकका प्रवक्ता ड्यानियल हगारीले आफूहरुलाई धम्की दिने र क्षेत्रीय तनाव बढाउन खोज्नेहरूले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ । आजको आक्रमणलाई इजराइलले अक्टोबर १ तारिखमा इरानले गरेको आक्रमणको जबाफ भनेको छ । यसैबीच इजरायलले गरेको धेरैजसो आक्रमण आफ्नो प्रतिरक्षा प्रणालीले निस्तेज पारिदिएको इरानले बताएको छ ।।

प्रकाशित मिति : २०८१ कार्तिक १० गते शनिवार
प्रतिक्रिया