काठमाण्डौं, १३ असोज । अमेरिकामा हेलेन नामको शक्तिशाली आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको छ । आँधीका कारण लाखौं घरपरिवार विद्युतविहिन भएका छन् । दुई सय २५ किलोमिटर प्रतिघण्टाको गतिमा फ्लोरिडाको तटमा बज्रिएको आँधीले ठूलो पानी पारेको हो ।
फ्लोरिडाको तटमा आइपुगेको यो आँधी अहिलेसम्मकै सबैभन्दा शक्तिशाली आँधी रहेको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । आँधी फ्लोरिडाबाट उत्तरतर्फ जर्जिया र क्यारोलिनातर्फ सरेको छ ।।
प्रकाशित मिति : २०८१ असोज १३ गते आइतवार