लुम्बिनी प्रदेशकाे भ्रमण गर्न पर्यटकलाई मुख्यमन्त्रीको आह्वान

दाङ,११ असाेज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वदेशी तथा विदेशी पर्यटकहरूलाई लुम्बिनी प्रदेश भ्रमण गर्न आह्वान गर्नु भएको छ । दाङकाे घाेराहीमा आयाेजना गरिएको विश्व पर्यटन दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी घुमौँ अभियानलाई व्यापक बनाउने उद्घोष गर्नुभयो । `म सबैमा आह्वान गर्न चाहन्छु, लुम्बिनी प्रदेशकाे एक पटक अवश्य भ्रमण गराैं´उहाँले भन्नुभयाे-`लुम्बिनी प्रदेश पर्यटनका केन्द्र हाे । हरेक हिसाबले लुम्बिनी समृद्ध छ । हाम्रो प्रदेश मिनी नेपालकाे रुपमा स्थापित छ । एकपटक लुम्बिनी भ्रमण गर्न सबैमा निमन्त्रणा गर्दछु ।´ 

लुम्बिनी प्रदेश सरकारले लुम्बिनी पर्यटन सर्किटलाई स्थापित गर्ने बताउनुभयाे । लुम्बिनी आएका पर्यटकलाई १२ जिल्लाकाे भ्रमण गराउनेगरी पर्यटन सर्किट बनाउने गरि काम भइरहेको छ´ उहाँले भन्नुभयाे -`विदेशी पर्यटक भित्र्याउन अन्तर्राष्ट्रिय स्तरमा पनि समन्वय भइरहेको छ ।´ प्राकृति रुपमा लुम्बिनी समृद्ध रहेको र यसबाट विकासको आधार निर्माण गरिने बताउनुभयाे ।`लुम्बिनी प्रदेश पर्यटक दृष्टिकोणले एक नम्बरमा पर्छ । पर्यटनकाे प्रचुर सम्भावना छ´उहाँले भन्नुभयाे-`विभित्र जातजाति, समुदायकाे कला संस्कृतिले लुम्बिनीकाे पहिचान विश्व समुदायमा पुगेकाे छ ।´

 

 उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद र घाेराही उपमहानगरपालिकाकाे संयुक्त आयाेजनामा ४५ ‌ओैँ पर्यटन दिवस घोराहीमा मनाइएको हाे । पर्यटन, न्याय र शान्ति मूल नारा सहित उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्याौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा घाेराही उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख हुमाकुमारी डिसीले पर्यटनकाे विकास बाट समृद्धी हासिल गर्न सकिने प्रसस्त आधारहरु रहेकाे बताउनु भयाे ।`पर्यटन दिवसले राेजगारीकाे अवसर सृजना गर्छ । स्थानीय उत्पादनकाे बजारीकरण गर्न मद्दत गर्छ । यसले समग्र विकासमा टेवा पुग्छ´उहाँले भन्नुभयाे-`पर्यटन समृद्धिकाे आधार हाे । यहाँका नागरिककाे जीविकोपार्जन गर्न अवसरहरु सृजना गर्दछ ।´

 थरिथरि झाँकी र रैथाने परिकारकाे उत्सव पर्यटन दिवसलाइ विभिन्न समुदायकाे झाकि, रैथाने परिकार, हस्तकलाका सामाग्री प्रदर्शनीले भव्य बनाइएको छ । गणेशपुर तुलसीपुरले गन्धर्व समुदायको मालश्री सारङ्गि धुन, अवधि संरक्षण प्रतिष्ठान गढवाले अवधी नाच, देउखुरीका थारु समुदायले कठघोरी नाच प्रस्तुत गरेका थिए । नेवारी समुदायकाे लाखे नाच, तुलसीपुरको गरगरवाका स्थानीयले नुवागाउँले सोरठी नाच प्रस्तुत गरेका थिए । पाल्पा मिस्दी गाउँपालिकाकाे कोरा नाच, घाेराही-१० काे थारु समुदायकाे वडका नाच, लुकमेली खाम समाजकाे भुम्या नाच, घाेराहीका थारु समुदायले थारु सख्या नाच प्रदर्शन गरेका थिए । यस्तै हातबाट बुनिएका कपडा, माटाेका भाँडा, फलामका सामाग्री प्रदर्शनीमा राखिएको थियो

प्रकाशित मिति : २०८१ असोज ११ गते शुक्रवार
प्रतिक्रिया