पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी

काठमाडौं, ६ बैशाख ।  पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी भएको छ । चर्को गर्मी र सुख्खापनले अफ्रिकाको जनजीवन निकै नाजुक अवस्थामा पुर्‍याएको एक अध्ययन रिपोर्टलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । मार्चको अन्त्य र अप्रिलको शुरुमा पश्चिम अफ्रिकाका धेरै देशको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो । रातमासमेत अत्यधिक गर्मी हुँदा मानिस झन धेरै प्रभावित भएका छन् ।

विश्व मौसम एट्रिब्युसन डब्लुडब्लुएको रिपोर्टअनुसार माली र बुर्किनाफासोमा तापक्रम यति धेरै बढेको छ कि यो दुई सय वर्षमा एक पटक हुने घटना हो । पश्चिम अफ्रिकामा मार्चको अन्तिम र अप्रिलको सुरुको गर्मीले सयौँ र सम्भवत हजारौँ जनाको ज्यान गएको हुन सक्ने डब्ल्यूडब्ल्यूएले जनाएको छ । मालीको राजधानीमा रहेको ग्याब्रिएल टुर अस्पतालले अप्रिलको पहिलो चार दिनमा एक सय दुई जनाको ज्यान गएको बताएको छ ।।

प्रकाशित मिति : २०८१ बैशाख ६ गते बिहिवार
प्रतिक्रिया