चिनियाँ राष्ट्रपति भारत नजाने भएपछि बाइडन ’निराश’

फाइल फाेटाे

बीबीसी, १८ भदौ । चिनियाँ राष्ट्रपति सी जिन्पिङ सेप्टेम्बर ९ देखि १० मा दिल्लीमा हुने जी२० सम्मेलनमा सहभागी हुन भारत नजाने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति सी जिन्पिङ जाने हल्ला चलिरहेका बेला चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र मानिने ग्लोबल टाइम्सले भारतको निमन्त्रणामा चिनियाँ प्रधानमन्त्री ली चियाङ उक्त सम्मेलनमा सहभागी हुने बताएपछि बाइडन निराश भएका हुन् ।

चीनअघि रुसले पनि राष्ट्रपति भ्लादिमिर पुटिन जी२० सम्मेलनमा सहभागी हुन भारत जाने बताइएको थियो । बेइजिङले औपचारिक रूपमा त्यसको पुष्टि गर्नुअगाडि नै अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्ना चिनियाँ समकक्षीले सम्मेलनमा सहभागी नहुने योजना बनाएकोमा आफू “निराश“ भएको बताएका थिए ।

“म निराश छु…तर मेरो उनीसँग भेट हुने छ,“ बाइडनले आइतवार संवाददाताहरूसँग भने । तर त्यस्तो भेट कहिले होला भन्ने कुरा उनले खुलाएनन । सी र बाइडनबीच पछिल्लो पटक गत वर्षको जी२० सम्मेलनमा भेट भएको थियो । वार्तालाई पुनर्जीवित गर्न यस वर्ष वाशिङ्टनबाट कयौँ कूटनीतिक भ्रमणहरू भए तापनि अमेरिका–चीन सम्बन्ध तनावपूर्ण अवस्थामा छ।

प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार
प्रतिक्रिया