काठमाडौ, २८ श्रावन । अमेरिकाको पश्चिमी राज्य हवाईमा डढेलोमा परी मृत्यु हुनेको सङ्ख्या ८० पुगिसकेको छ । माउई टापुको पर्यटकीय सहर लाहैनामा तीव्र गतिमा फैलिएको डढेलोमा परेर ८० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । डढेलोका कारण घाइते भएकाहरुको यकिन तथ्याङ्क आउन सकेको छैन ।
यद्यपी घाइतेको सङ्ख्या धेरै भएकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । डढेलोका कारण हजारौं परिवार विस्थापित भएका छन् । घटनापछि हवाई राज्यमा आपत्काल घोषणा गरिएको छ । माउई काउन्टी सरकारले डढेलो नियन्त्रणको प्रयास गरिएको जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८० साउन २८ गते आइतवार