२०८३ असोज ६ गते मङ्गलवार

राष्ट्रिय कीर्तिमान कायम गर्ने यी हुन दाङकी चेली

काठमान्डौ, ३० असार । दाङकी निशा चौधरीले लङजम्पमा नयाँ राष्ट्रिय कीर्तिमान रच्नु भएको छ । जुनियर स्पर्धाका खेलाडीले सिनियरतर्फको राष्ट्रिय कीर्तिमान बनाउनु निकै ठूलो उपलब्धी थियो । सन् २०१८ मा एपीएफकी शिला चौधरीले कायम गरेको कीर्तिमानभन्दा २ सेन्टिमिटर बढी ५ मिटर ४७ सेन्टिमिटरको नयाँ रेकर्ड बुधबारदेखि निशाको नाममा सरेको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका १६ भेलाही गाउँकी निबासी १७ वर्षीया निशा बिना प्रशिक्षण पहिलोपल्ट काठमाडौं पुगेर दशरथ रंगशालामा दौडिनु भएको हो । फिल्ड विधामा नयाँ कीर्तिमान बनाउन सफल निशाले ट्र्याकमा पनि आफू सहभागी सबै स्पर्धामा स्वर्ण जित्न सफल हुनुभएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा चार स्पर्धामा स्वर्ण जित्दा ३ स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ । १ सय मिटर दौडमा १२.५३ सेकेन्डको टाइमिङ नयाँ जुनियर कीर्तिमान हो ।

त्यस्तै निशासहित रेशु थारु, रामकुमारी थारु र सम्झना थारुसम्मिलित लुम्बिनी टोलीले चारगुणा १ सय मिटर रिलेअन्तर्गत ५४.२० सेकेण्डको टाइमिङमा स्वर्णसहित जुनियर कीर्तिमान कायम गरेका थिए । निशाले पद्यमा चौधरी गुरुले प्रशिक्षण गराउनुभएको बताउनुभएको छ । १२ कक्षाको परीक्षा दिएर बसेकी निशाले राष्ट्रपति रनिङ शिल्ड खेलेको यो पाँचौं संस्करण हो ।

प्रकाशित मिति : २०७९ असार ३० गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।