२०८३ असोज ७ गते बुधवार

तुलसीपुरमा धितोपत्र कारोबारका लागि ब्रोकर खुल्यो

तुलसीपुर, २९ असार । दाङको तुलसीपुरमा धितोपत्र कारोबारका लागि ब्रोकर संचालनमा आएको छ । तुलसीपुरको विपी चोकमा ब्रोकर संचालनमा आएसंगै शेर कारोबारका लागि डिम्याट खाता लिएकाहरुलाई शेयर खरिद बिक्रीकालागि सहज हुने भएको छ ।

जेएफ सेक्यूरिटिज कम्पनी प्रालिले धितोपत्र कारोबारका लागि ब्रोकर संचालनमा ल्याएको शाखा प्रमुख सविनराज डाँगीले बताउनुभयो ।

ब्रोकर आइडी निःशुल्क खोल्न सकिने र त्यसका लागि नागरिकताको फोटो कपी आवश्यक पर्ने प्रमुख डाँगीले बताउनुभयो । तुलसीपुरमा ब्रोकर संचालनमा नहुँदा यस अघि घोराही र नेपालगंज जानुपर्ने बाध्यता थियो ।

नेपाल सरकारले सूचिकृत गरेका शेयर खरिद तथा बिक्री गर्नेगरी खुलिएको ब्रोकरमा अहिलेसम्म एक हजार बढी डिम्याट खाता खोलेकाहरु आवद्ध भएका छन् ।

प्रकाशित मिति : २०७९ असार २९ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।