२०८३ भाद्र २५ गते बिहिवार

बबईको पानी तुलसीपुरमा ल्याउन ७४ करोड खर्च लाग्ने

तुलसीपुर, २० असार । तुलसीपुर क्षेत्रका उपभोक्तालाई सहजरुमा पानी वितरण गर्न तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले बबई नदिको पानी तुलसीपुरमा ल्याउने तयारी गरेको छ ।

त्यसका लागि संघिय सरकारको सहलगानी कार्यक्रम अन्र्तगत ७४ करोड २६ लाखको टेण्डर समेत स्वीकृत भइसकेको संस्थाका सचिव शेवक राम भण्डारीले जानकारी दिनुभयो । सरकारको ७० प्रतिशत र उपभोक्ताले ३० प्रतिशत रकम व्यहोर्नेगरी कामको जिम्मा सहदेव खड्का निर्माण कम्पनीले लिएको छ ।

३ बर्षमा निर्माण कार्य पुरा र्नेगरी निर्माण कम्पनीले भदौ देखि काम सुरु गर्ने सचिव भण्डारीले बताउनुभयो । लिफ्टीङ मार्फत तुलसीपुरमा पानी ल्याउन बबई नदिमा तीनवटा सम्पवेल निर्माण गरिने छ भने तुलसीपुर –१२ कचिलामा पानी प्रशोधन केन्द्र (टिटमेन्ट प्लान) स्थापना गरिने छ ।

प्रशोधित पानीलाई थप तीनवटा रिजरर्भ टंकी निर्माण गरिने छ । २० बर्षलाई पुग्नेगरी निर्माण गरिन लागिएको आयोजना सम्पन्न भएमा १० हजार धारा वितरण गरिने र त्यसबाट ५० हजार उपभोक्ता लाभान्वित हुने संस्थाका सचिव भण्डारीले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ असार २० गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।