२०८३ भाद्र २५ गते बिहिवार

तुलसीपुरमा बाटोको लगत कट्टा प्रकृया सुरु

तुलसीपुर, ९ फागुन । तुलसीपुर उपमहानगरपालिकाको वडा नं. ६ मा बाटोको लगत कट्टा प्रकृया सुरु भएको छ । जग्गाधनीबीचको सहमतीमा खोलिएका बाटालाई राज्यको स्वामित्वमा लिनकालागि लगत कट्टा प्रकृया सुरु गरिएको हो । पहिलो चरणमा पक्की नाला र कालोपत्रे भएका करिव पचास वटा सडकको लगत कट्टा गरिने वडा अध्यक्ष नवराज लामिछानेले जानकारी दिनुभयो । सहमतीका बाटा खोलेर पक्की नाला र कालोपत्रे बनिसक्दा समेत लगत कट्टा नुहँदा आइपर्ने समस्याको समाधानकालागि अभियानकै रुपमा लगतकट्ट गर्न थालिएको छ । पहिलो चरणमा शहर केन्द्रीत ५ वटा वडाका सडकहरुको लगत कट्टा गर्न प्रकृया थालिएको उपमहानगरपालिकाका नापी अधिकृत प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

मालपोत कार्यालय तुलसीपुर र नापी कार्यालयको समन्वयमा तुलसीपुर उपमहानगरपालिकाको नापी शाखाले लगत कट्टा गर्न तथ्याङ्क शंकलन थालेको छ । स्थलगत अवलोकन गरी तथ्याङ्क संकलनको काम सम्पन्न भएका टोलहरुमा नापजाँच गर्ने काम सुरु भएको छ । नापी अधिकृत ज्ञवाली सहतिको टोलीले एक कार्यक्रमका बीच तुलसीपुर ६ को राजापुरबाट नापजाँचको काम सुरु गरेको छ । दक्षिण राजापुर टोल विकास संस्थाका अध्यक्ष नारायण कुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष नवराज लामिछानेले शहर केन्द्रीत वडामा लगत कट्टा गरिने बताउनुभयाे ।

‘बाटाहरुका लगत कट्टा ग¥यौं भने तपाईहरुले झेल्दै आएका धेरै समस्या समाधान हुनेछन्, यो संगै बाटाले काटेको जग्गाको मालपोत पनि तिर्न पर्ने छैन’ लामिछानेले भन्नुभयाे । उपमहानगरले शहर केन्द्रीत ५, ६, ७, ८ र ९ नं. वडाका सडकहरुको लगत कट्टाकाागि प्रकृया थालेको छ । सो कार्यक्रममा वडा नं. ६ का सदस्य दुजमान भण्डारीले वडाको पूर्वी भेगबाट सुरु भएपनि सबै गाउँटोलहरुका बाटाको लगत कट्टा गरिने जानकारी गराउनुभयाे । लगत कट्टाका लागि जग्गाधनी बीच सहमती भए वडाले जुनसुकै सडकको पनि लगत कट्टा गर्न प्राविधिक सहयोग उपलब्ध गराउने उहाँले बताउनुभयाे । जग्गाधनी आफैले लगत कट्टा गर्ने प्रकृया झण्जटिलो तथा खर्चिलो भएकाले उपमहानगरपालिकाले नै रावश्व ब्यहोर्ने गरी लगत कट्टा गर्न थालेको हो । कार्यक्रममा राजापुर टोल विकास संस्थाका अध्यक्ष वासुदेव आचार्यले लगत कट्टा गर्ने उपमहानगरको योजनालाई आफूहरुले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयाे ।

((

प्रकाशित मिति : २०७८ फाल्गुन ९ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।