२०८३ मङ्सिर ९ गते बुधवार

तुलसीपुर जीप दुर्घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो

तुलसीपुर, २६ मंसिर । जीप दुर्घटनामा परि मृत्यु हुनेको संख्या चार पुगेको छ । थप उपचारका लागि नेपालगंज रिफर भएका कपुरकोट गाउँपालिका ३ निबासी ५२ बर्षका चन्द्र बहादुर खड्काको ८ बजे मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो ।

यस अघि दुर्घटनामा परी परेर कपुरकोट ३ बस्ने ४८ बर्षिय प्रेम प्रकास शर्मा, कपुरकोट ४ बस्ने सौनी घर्ति र लालमती खड्काको मृत्यु भएको थियो । घाइते मध्य ११ जनालाई तुलसीपुरमा सामान्य उपचारपछि नेपालगंज रिफर गरिएको थियो । तुलसीपुरबाट सल्यानको सिमपानी जादै गरेको रा १ ज ४३८ नम्वरको जिप तुलसीपुर ३ सिरखोला नजिक आईतवार अपरान्ह साढे चार बजे दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर २६ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।