काठमाण्डौ, २३ जेठ । सन्चार तथा सुचना प्रविधि मन्त्रालय अन्तगत विज्ञापन बोर्डले विज्ञापन तथा प्रमोशनल भिडियोहरु डिजिटल प्लेटफर्मवाट हटाउन आग्रह गरेको छ । बोर्डका प्रबक्ता दीपेश लेखकले प्रेस विज्ञप्ती जारी गदै नेपालमा केहि समय यता वान एक्स वेट (https://1xbet.com/) को नाममा विभिन्न डिजिटल प्लेटफर्म मार्फत अवैध जुवामा लगानी गर्न सकिने सम्वन्धी विज्ञापन भईरहेको उल्लेख गदै यसो नगर्न आग्रह गर्नु भएको छ ।
यस्ता कार्यहरु विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५को उपदफा (१) को खण्ड (ख) को व्यवस्था विपरीत भएकोले तत्काल त्यस्ता गतिविधिहरु वन्द गर्न, त्यस्ता विज्ञापन तथा प्रमोशनल भिडियोहरु डिजिटल प्लेटफर्मवाट हटाउन सूचित गरिन्छ, जारी विज्ञप्तीमा भनिएको छ । साथै यस्ता गतिविधि गरेको पाईएमा कानुनी कारबाही गर्ने चेतावनी दिईएको छ ।
प्रकाशित मिति : २०७८ जेष्ठ २३ गते आइतवार





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।