२०८३ भाद्र १० गते बुधवार

तुलसीपुर मेट्रो अस्पताललाई विभिन्न सामग्री सहयोग

तुलसीपुर, ६ जेठ । तुलसीपुर मोबाईल्स तथा ईलेक्ट्रोनिक्सले तुलसीपुर मेट्रो अस्पतालाई विभिन्न सामग्री सहयोग गरेको छ । अस्पतालमा संचालित कोरोना आइसोलेसनलाई व्यवस्थापनमा सहयोग पु¥याउन एक थान स्टिल दराज, पंखा १२ थान सहयोग गरेको छ ।

त्यसैगी विजय स्टिल फर्निचर उधोग बाट स्टिल दराज १ थान र सुरज भण्डारी बाट भित्ते घडि २ थान सहयोग प्राप्त भएको तुलसीपुर उपमहानगरपालिका मेयरको सचिवालय सदस्य धर्मराज वलीले जानकारी दिनुभयो ।

दाताहरुले अस्पताल रहेको ठाउँ तुलसीपुर उपमहानगरपालिका–८ अश्वारामा पुगेर नगर प्रमुख घनश्याम पाण्डेलाई सामग्री हस्तान्तरण गरेका हुन् । सो अवसरमा नगर प्रमुख पाण्डेले देश, विदेश तथा उपमहानगरमा बस्ने विभिन्न व्यक्ति र संघसंस्थाले मन फुकाएर सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रकाशित मिति : २०७८ जेष्ठ ६ गते बिहिवार
प्रतिक्रिया